Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

कास्की
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2077-04-26

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको एउटा कार्यालय हो यातायात ब्यवस्था कार्यालय सवारी कास्की । यस  कार्यालयको कार्यक्षेत्र गण्डकी अञ्चलका जिल्लाहरु कास्की, तनहुँ, स्याङ्जा पर्दछन् । 

यस कार्यालय नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६५ फागुन १५ गतेको निर्णय अनुुसार साविकको अञ्चल यातायात ब्यवस्था कार्यालय गण्डकीलाई यातायात ब्यवस्था कार्यालय सवारी र यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा विभाजन गरी स्थापना गरी कार्यसम्पादन गरिरहेको छ । 

यस कार्यालयको कानुनी आधार भनेको स‌ंघिय कानुनमा यातायात ब्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४ र यस कार्यालय गण्डकी प्रदेश सरकार मातहत आइसकेपछि गण्डकी प्रदेश सरकारले निर्माण गरेको प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन २०७६ समेत कार्यान्वयन भई आएको छ । 

यस कार्यालयले सम्पादन गर्ने कार्यहरु :

  • सवारीसाधनहरुको नयाँ दर्ता, सरुवा सहमति दर्ता गर्ने । 
  • सवारी साधनहरुको नामसारी, हकहस्तान्तरण गर्ने । 
  •  मार्ग इजाजत पत्र (Route Permit) पटके मार्ग इजाजत प्रदान गर्ने । 
  • सवारी साधनहरुको कर, शुल्क दस्तुर जरिवाना लगायत उठाउने । 
  • सवारी साधनको ब्लुबुक प्रतिलिपी मार्ग इजाजत पत्र प्रतिलिपी प्रदान गर्ने । 
  • सवारी साधनको लगतकट्टा गर्ने । 


पछिल्लो अपडेट गरिएको : 2081-01-09 09:06:23

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, सवारी, कास्की

Powered By: ProActive Developers